![जानिक सिन्नरलाई लगातार दोस्रोपटक अस्ट्रेलियन ओपनको उपाधि](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/Jannik-Sinner.jpg)
एजेन्सी । अमेरिकाकी रक्षक नाओमी गिर्मा इंग्लिस क्लब चेल्सी प्रवेश गर्नुभएको छ । कीर्तिमानी मूल्यमा गिर्मालाई चेल्सीले भित्र्याएको छ । चेल्सीले गिर्मालाई अमेरिकी क्लब सान डिएगो वेभबाट ११ लाख अमेरिकी डलरमा भित्र्याएको जनाएको छ । यससँगै रेचेल कुन्दानान्जीको कीर्तिमानी भंग भएको छ ।
गत वर्ष बे एफसीले जाम्बियाकी स्ट्राइकर कुन्दानान्जीलाई मड्रिड सिएफएफबाट अनुबन्ध गर्दा सात लाख ८८ हजार डलर खर्च गरेको थियो । गिर्माले सान डिएगोका लागि ६१ लिग खेल खेल्नुभएको थियो । सन् २०२३ मा अमेरिकन फुटबल महिला खेलाडी वर्षको पुरस्कार उहाँलाई प्रदान गरिएको थियो । उहाँले २०२० मा फेडेरेसनको युवा खेलाडी वर्षको पुरस्कार पनि जित्नुभएको थियो ।
गिर्मा स्ट्यानफोर्ड विश्वविद्यालयको टिमकी कप्तान हुनुहुन्थ्यो, जसले २०१९ मा राष्ट्रिय च्याम्पियनसिप जित्यो । उहाँलाई २०२२ को नेसनल वुमेन्स सकर लिग ड्राफ्टमा पहिलो स्थानमा सान डिएगो वेभले रोजेको थियो । उहाँले अफ्नो पहिलो सिजनमै लिगको वर्षको नयाँ खेलाडी र डिफेन्डर अफ द इयरको उपाधि जित्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच