ओखलढुंगा । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाअन्तर्गत भँडारे खोलामा सुमो दुर्घना हुँदा तीजनाको घट्नास्थलमै मृत्यु भएको छ । खोटाङबाट बिरामी लिएर काठमाडाैं जाँदै गरेको सुमो बिहिबार बिहान करिब ६ः३० बजेको समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
दुर्घटनामा ५६ वर्षीय माया देवी गुरुङ उहाँको छोरा २८ वर्षिय पुजन गुरुङ र उहाँकी बहिनी ४५ वर्षिय तारा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं जाँदैगरेको थियो ।
विहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घना भएको अवस्थामा स्थानियले भेटेर प्रहरीलाई जनकारी दिएका थिए । चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन् ।
बिरामी माया गुरुङलाई उपचारको लागि छोरा र बहिनीले काठमाडाैं लिएर हिँडेका थिए । दुर्घनाबाट तीनैजनाको घट्नास्थलमै मृत्यु भएको छ । सुमोमा चालकसहित ४ जना मात्रै सवार थिए । घट्नाको बारेमा थप विवरण आउन बाँकी रहेको छ । घटनाको विषयमा थप खाेजी र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच