भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका भित्रका छ वटै वडाका नागरिकहरुलाई ज्याकेट बितरण गरिएको छ । जेष्ठ नागरिक, बिपन्न परिवार, दलित र अपांग व्यक्तिहरूको प्रतिनिधित्व हुनेगरी एक सय थान ज्याकेट बितरण गरिएको हो ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको भोजपुर उपशाखा कार्यालयको समन्वय र पौवादुङमा गाउँपालिकाको सहजीकरणमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पालिका भित्रका सवै वडाको प्रतिनिधित्व हुने गरी ज्याकेट बितरण गरिएको भोजपुर उपशाखा प्रमुख बिमल रणपहेलीले बताउनुभयो । उहाँले भन्नुभयो, “जाडोको समयमा पालिका भित्रका जेष्ठ नागारिक, बिपन्न परिवार, दलित र अपांग व्यक्तिहरूका लागि ज्याकेट बितरण गरिएको हो ।”
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले इन्स्योरेन्सको सहयोगले पालिका भित्रका नागरिकलाई सहजता मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “सवै वडा र क्षेत्रको प्रतिनिधित्व हुने गरी ज्याकेट बितरण गरिएको छ, यसले सहजता मिलेको छ ।” उपाध्यक्ष राईसहित कम्पनीका कोशी प्रदेश उपप्रमुख सुरेन्द्र कुमार कर्णलगायतले ज्याकेट बितरण गर्नु भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधीहरु, समाजिक व्यक्तित्व, स्थानीयलगायतको सहभागिता रहेको थियो । सोक्रममा पालिकाको तर्फबाट कम्पनीका कार्यरत कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच