
नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन भएको छ ।
सरावल गाउँपालिका–४ स्थित गोइनीमा निर्माण भएको सङ्कलन केन्द्र कार्यविधिको अभावमा प्रयोगविहीन भएको हो । केन्द्र सञ्चालन नहुँदा यहाँका किसानले आफ्नो उत्पादन बिक्री गर्न बर्दघाट, सदरमुकाम परासी र बुटवलसम्म लैजानुपर्ने बाध्यता छ । प्रदेश सरकार र पालिकाको समन्वयमा कार्यविधि बनाएर कृषिउपज सङ्कलन केन्द्र तत्काल सञ्चालन हुनुपर्ने किसानको माग छ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा रु १५ लाखको लागतमा सङ्कलन केन्द्र निर्माण गरेको हो । यसलाई कृषिउपज बिक्री केन्द्रका रूपमा सञ्चालन गर्ने पालिको दीर्घकालीन योजना रहेको सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी बताउनुभयो ।
प्रदेश सरकारबाट कार्यविधि र यसको सञ्चालनका लागि कुनै पनि योजना नहुँदा राज्यको लगानी प्रयोगविहीन भएको छ भने किसानले बजारीकरणको समस्या भोगिरहनुपरेको छ ।
यसैबीच, सुनवल–१३, बडेरामा स्थापना भएको मोतीलाल बहुमुखी क्याम्पसलाई बस उपलब्ध गराइएको छ । विद्यार्थीहरूको यातायात सहजतालाई दृष्टिगत गरी सुनवल नगरपालिकाले क्याम्पसलाई एउटा बस उपलब्ध गराएको नगरप्रमुख विमला अर्यालले जानकारी दिनुभयो ।
सुनवल नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु ३१ लाख ५० हजारबाट क्याम्पसका निम्ति बस खरिद गरिएको हो ।
विसं २०६५ मा स्थापना भएको क्याम्पसमा स्नातकतर्फ व्यवस्थापन सङ्काय र मानविकी सङ्काय गरी दुई सय ९० जना विद्यार्थी अध्ययनरत छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच