माओवादीसँग जनता रिसाएर टाडिए : उपमहासचिव शर्मा

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उप–महासचिव तथा बागमति प्रदेश इञ्चार्ज जनार्दन शर्माले जनता रिसाएर माओवादी केन्द्रसँग टाडिएको बुझाइ पार्टीलाई भएको बताउनु भएको छ ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा शनिबार सिन्धुलीमाडीमा भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

‘नेपालमा ठूलो राजनीतिक परिर्वतन र धेरै ठूला उपलब्धिहरु प्राप्त भए । ती उपलब्धिहरुबाट जनताले प्रत्यक्ष के प्राप्त गरियो भन्ने सन्दर्भमा  माओवादी जनयुद्ध, जनआन्दोलनबाट प्राप्त भएको उपलब्धि अगाडि बढाउन विशेष पहल, कदमी नलिइरहेको अवस्था देखा पर्दा जनता हामीसँग रिसाएको, टाढिएको अवस्था देखा प-यो, अब पार्टीलाई प्रभावकारी नबनाए प्राप्त उपलब्धिहरु खेर जाने, हराउने र देशमा आम नागरिकले संकट भोग्नु पर्ने अवस्था आउने केन्द्रिय समितिको बैठकमा समिक्षा भयो,’ उहाँले भन्नुभयो ।

सोही बैठकबाट जनताबाट समर्थन जुटाउन ‘माओवादी जनताको साथमा विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने निष्र्कष सहित अभियान सञ्चालनको लागि तयारी भइरहेको उहाँले बताउनुभयो । उहाँले थप भन्नुभयो, ‘तीन महिलासम्म जनतासँग सहकार्य गर्ने कार्यक्रम अगाडी बढाउँदै छौँ, त्यसको तयारी स्वरुप पालिकाहरु, जिल्ला–जिल्लामा समन्वय, भेटघाट र बैठक बस्ने क्रममा आज सिन्धुली आएको हुँ ।’

पार्टीलाई प्रभावकारी नबनाए प्राप्त उपलब्धिहरु खेर जाने, हराउने र देशमा आम नागरिकले संकट भोग्न पर्ने अवस्थालाई मध्यनजनर गर्दै केन्द्रिय समितिको पाँच दिने बैठकले रुपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उहाँको भनाई थियो । सोही अनुसार सात हजार ६४३ वटा वडाहरुमा आगामी १६ गते एकै पटक उक्त अभियानको उद्घाटन गरिने उहाँले जानकारी दिनुभयो ।

अभियान अन्र्तगत जनताको साथमा गएर विभिन्न कार्यक्रम गर्ने, देशमा भएका उपलब्धि, यसका लागि गरिएको योगदान, पहल र कदमीको बारेमा जनतालाई स्मरण गराउने, समाजवादी यात्राको बारेमा जनताले महसुष गर्ने कामको बारेमा बुझाउने र सरकारले गरेका कामहरुलाई जनतामा स्थापित गर्ने लगायतका गतिविधिहरु गरिने उल्लेख गर्नुभयो ।

नेकपा माओवादी केन्द्र समितिको बैठकले गरेका निर्णयहरुलाई जनता, आमकार्यकर्तासँग पुर्याउनका लागि र पार्टी निर्माणको अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि बैठक तथा भेटघाट गर्ने क्रममा सिन्धुली आउनुभएका नेता शर्माले सरकारले अहिले अगाडी बढाएका विभिन्न काण्डहरु छानविनको प्रक्रियामा रहेका र बाँकी विभिन्न काण्डहरुका बारेमा अनुसन्धान भइरहेको सुनाउनुभयो ।

यस्ता काण्डहरुमा माओवादीका नेताहरु पनि मुछिएको भनेर केही नामहरु बाहिरिएकोे प्रसंगमा पत्रकारहरुले गरेको प्रश्नमा नाम आउँदैमा कसैलाई अपराधी पुष्टि गरिहाल्न नमिल्ने र छानविन हुने उहाँको जिकिर थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?