![जब चिनी तीतो हुन्छ…](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/Dr-Aruna-Uperiti.jpg)
काठमाडौं । राजधानीको डिएभी स्कुलमा कक्षा ३ मा अध्ययनरत नौ वर्षकी सुदेश्ना शाक्यको स्वरमा रहेको गीत ‘छुनुमुनु’ सार्वजनिक भएको छ । मुकुन्द पौडेलको रचना साहस साक्यको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बालसुलभ शब्दहरू भएको गीतमा बुवाआमाको माया र महत्वलाई दर्शाउँदै बुबाआमा जत्तिको नजिकको नाता संसारमा अर्को नभएको बताइएको छ ।
प्रस्तुत गीतका संगीतकार तथा सुदेश्नाका बुवा साहसले छोरीले गायनमा रुचि देखाएको हुँदा उहाँको प्रतिभालाई प्रष्फुटन गराउन यो गीत रेकर्ड गराएको बताउनुभयो । सामान्य तरिकाले स्टुडियो भर्सनमा छायांकन गरिएको गीतको भिडियोलाई पिटर गुरुङले छायांकन तथा सम्पादन गर्नुभएको छ । सुदेश्ना इन्टरटेन्मेण्ट प्रा.लि.को प्रस्तुतिमा साहस शाक्य युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच