पाल्पाको रम्भामा पुनः मतदान गर्न गठबन्धनको माग

Read Time = 2 mins

-रामचन्द्र रायमाझी
पाल्पा । गठबन्धनका दलहरुले पाल्पाको रम्भा गाउँपालिकामा पुनः मतदानको माग गरेका छन् । गठबन्धन दलहरुले आइतबार एक विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरेका हुन् ।

उनीहरुले रम्भा गाउँपालिका–५, ताँहुमा ७४ मत फर्जी भेटिएपछि पुनःमतदान गर्न माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, मंगलोल नेशनल अर्गनाइजेसन पार्टीले संयुक्त विज्ञप्ति जारी गरेर मतगणना कार्यमा संलग्न कर्मचारीहरुलाई नियमानुसार विभागीय कारबाही तथा पुनः मतदानका लागि माग गरेका छन् ।

फर्जी मत भेटिएपछि चर्केको विवादका कारण आइतबार साँझासम्म मतगणना कार्य अघि बढ्न सकेको छैन । निर्वाचन अधिकृत कार्यालय रम्भाले सार्वजनिक गरेको नतिजाप्रति पनि उनीहरुले असहमति रहेको जनाएका छन् । दलहरुले मतगणना कार्यमा आवश्यक सीसीटीभी व्यवस्था नगरेका, मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधिलाई सहभागी नगराइएको, आवश्यक विजुली बत्ती व्यवस्था नगरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनीहरुले साथै दलका भातृसंघसंगठनमा रहेका गाउँपालिकामा कार्यरत कर्मचारीहरुको प्रयोग गरिएको, मतगणना स्थगित भइसकेपछि पनि दलका प्रतिनिधि नराखिएको, एक पक्षीय व्यक्तिहरुलाई प्रवेश दिइएको, मतपेटिका अँध्यारो तथा अन्य सामग्री भएका स्थानमा राखिएको आरोप लगाएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?