कर्जा प्रवाह रोक, मागको कमी र अन्तर्राष्ट्रिय असरको कारण अर्थतन्त्रमा असहजता आयो : उपभापति वाग्ले

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले कर्जा प्रवाह रोक, मागको कमी र अन्तर्राष्ट्रिय असरको कारण मुलुकको अर्थतन्त्रमा शिथिलता आएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै डा.वाग्लले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रमा मुलुकको अर्थतन्त्रमा मुख्य तीन कारण असहजता आएको दाबी गर्नुभयो । उहाँले राष्ट्र बैंकले कर्जा प्रवाहमा गरेको सिमा,बजारको मागमा आएको कमी तथा अन्तर्राष्ट्रिय असरको भएको उल्लेख गर्नुभयो । उहाँले बजारमा मागको कमी करिव १० लाख नेपाली युवाहरु विदेश पलायन भएकाले असर परेको बताउनु भयो ।

उहाँले अनौपचारिक तथ्याङ्क हेर्दा पनि ल्यापटपको बिक्री, कस्मेटिक्सको बिक्री समेत कम भइरहेको दाबी गर्नुभयो । उहाँल माइक्रो स्तरमा हेर्‍यो भने पनि युवा पलायनसँग मागमा आएको ग्यापसँग जोडिएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले अर्थमन्त्रालयलाई दिएका सुझावहरु परम्परागत नै रहेको बताउनु भयो । उहाँले सहरकारी र लघुवित्तको समस्या राजनीतिक प्रतिशोध साँध्ने,कुनै व्यक्तिलाई खुइल्याउने काम भइरहेको भन्दै अब समस्या समाधानको बाटोमा जान आवश्यक रहेको भन्दै आफू शुरुवाति दिनदेखि समाधानमा केन्द्रित भएको बताउनु भयो ।

उहाँले विदेशी मुद्रा सञ्चिति १४.४ अर्ब डलर भएपनि सार्वजनिक वित्तको चाप रहेको बताउनु भयो । उहाँले राजश्व १४ सय २२ अर्ब उठाउने भनेकोमा अहिले ८२० मात्रै भएको भन्दै १ हजार माथि पुग्न मुस्किल रहेको बताउनु भयो । उहाँले आगामी बजेट २२ खर्बको ल्याउने प्रधानमन्त्रीले भने पनि हिसाव नमिल्ने धारणा राख्नुभयो । उहाँले आगामी बजेट अब टेडिसनल फ्रेर्मवर्क भन्दा बाहिरका फाइनान्सहरु स्रोतहरुमा जानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्रमा मुख्य तीन कारण असहजता आएको हो । राष्ट्र बैंकले कर्जा प्रवाहमा गरेको रोक हो । जुन त्यो समयमा आवश्यक पनि थियो । कुन गतिमा गर्नुपर्छ भन्ने विवादको विषय भयो । समग्रमा नीति ठिक थियो । दोस्रो बजारमा मागमा कमी आएको छ । जसमा करिब १० लाख नेपाली युवाहरु विदेश पलायन भएका छन् । त्यसले मागमा असर परेको छ । अनौपचारिक तथ्याङ्क हेर्दा पनि ल्यापटपको बिक्री,कस्मेटिक्सको बिक्री समेत कम भइरहेको छ । राष्ट्रिय तथ्याङ्कमा यस्ता कुराहरु आउँदैनन् । माइक्रो स्तरमा हेर्‍यो भने पनि युवा पलायनसँग मागमा आएको ग्यापसँग जोडिएको छ । तस्रो अन्तर्राष्ट्रिय प्रतिकुलताको असर छर्दैछ । डाइनोसिस यो हो भने सकारात्मक लेभलमा यहाँसम्म पु¥याइएको छ । राष्ट्र बैंकले अर्थमन्त्रालयलाई दिएका सुझावहरु परम्परागत नै रहेका छन् । त्यसमा शंकाको लाभ दिन चाहन्छु । अहिले सहरकारी र लघुवित्तको समस्या राजनीतिक प्रतिशोध साध्ने,कुनै व्यक्तिलाई खुइल्याउने काम भइरहेको छ । म पहिलादेखि समाधानमा केन्द्रि भएको छु । विदेशी मुद्रा सञ्चिती १४.४ अर्ब डलर देखिएको छ । मुलुकमा सार्वजनिक वित्तको चाप छ । राजश्व १४ सय २२ अर्ब उठाउने भनेको अहिले ८२० मात्रै भएको छ । १ हजार नाग्यो भने पनि खुशी हुनुपर्ने अवस्था छ । आन्तरिक ऋणमा जीडिपीको ५ प्रतिशतको सीमा भनिरहेका छौं । आगामी बजेट २२ खर्बको ल्याउछु भन्नुहुन्छ प्रधानमन्त्री तर त्यो हिसाव मिलिराखेको छैन । अब टेडिसनल फेर्मवर्क बजेट भन्दा बाहिरका फाइनान्सहरु स्रोतहरुमा जानुपर्छ । हामीले पार्क गर्न मिल्ने डलर मौज्दात,३ खर्ब जतिको पुँजीगत खर्च गर्ने गरेका छौं । डोजरे विकास रिटर्न शुन्य भएका आयोजनाहरु ३ खर्ब खन्याए भयो । मुलुकलाई उचाल्ने ठाँउमा लगानी गरेका छैनौं । थोरै थोरै लगानी गरेका छौं । वार्षिक रुपमा हेर्दा अब ६० वर्ष लाग्छ ठूला आयोजनाहरु बन्न । सर्वेयल्थ फण्डका विषयमा राष्ट्र बैंकले अध्ययन गर्नुपर्छ ।’

उहाँले डोजरे विकासबाट रिटर्न शुन्य भएका आयोजनाहरुमा लगानी गर्न नहुने बताउनु भयो । उहाँले राष्ट्र बैंकले अध्ययन गरेर स्टेवल फण्ड बनाउने विषयमा केन्द्रित हुन आवश्यक रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?