
भोजपुर । पाठेघरको क्यान्सर विरुद्ध दिईने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान अन्तर्गत भोजपुर नगरपालिकाले एक हजार तीन सय १० जनालाई खोप लगाउने भएको छ ।
भोजपुर जिल्लामा दुई चरणमा खोप कार्यक्रम संचालन हुँदैछ । जसमा भोजपुर नगरपालिकाले भने माघ २२ गतेदेखि २६ गतेसम्म पालिका भित्र खोप अभियान संचालन हुने जनाएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रवार खोप समन्वय समिति, पत्रकार र सराकोरवाला निकायको बिचमा गरेको अभिमुखीकरणमा नगर क्षेत्रका २५ वटा बिद्यालय मार्फत एक हजार एक सय २२ जना र बिद्यालय बाहिरका एक सय ८८ जना किशोरीहरुलाई एचपिभी खोप लगाउने लक्ष राखिएको स्वास्थ्य शाखाका स्टार्फ नर्स ज्ञानु श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार भोजपुर नगरपालिका भित्र ३९ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।
कक्षा छ देखि १० सम्म अध्ययरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिईने छ । भोजपुर नगरपालिकाका नगर प्रमुख तथा नगर खोप समन्वय समितिका अध्यक्ष कैलाश कुमार आलेले दोश्रो समस्याकारुपमा पाठेघरको क्यान्सर देखिएकाले यसको विरुद्ध दिईने संचालन हुन लागेको खोप अभियान सफल बनाउन सवैको दायित्व हुने बताउनुभयो । अभिमुखीकरणका सहभागि बिद्यालयका प्रतिनिधी, संचारकर्मी, उद्योग बाणिज्य संघ, वडाध्यक्ष, नागरिक समाज, आमा समुह लगायत सवै क्षेत्रले खोप सफल बनाउन भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
नौ वटा स्थानीय तह रहेको भोजपुरमा पहिलो चरणमा पाँच र दोश्रो चरणमा चार वटा पालिकामा खोप अभियान संचालनको तयारी गरिएको छ । जिल्लामा भने कुल आठ हजार चार सय १९ जना किशोरीलाई एचपिभी खोप दिन लागिएको छ । खोप अभियान सञ्चालनका लागि जिल्लाका एक सय ३५ बिद्यालय, नौ स्थानीय तहका ८१ वटै वडा, ८१ वटा स्वास्थ्य संस्था र नौ वटा समुदाय स्तरीय खोप केन्द्र गरी दुई सय २५ खोप केन्द्र निर्धारण गरिएको छ भने जसका लागि दुई सय २५ जना स्वास्थ्यकर्मी र चार सय ५० जना स्वयम सेवक परिचालन गरिने
छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच