
सर्लाही । लालबन्दी–१२, स्याङ्वाडाँडा, पत्थरकोटस्थित शेष महलमा भगवान् सङ्कर्षणको विग्रह प्राण प्रतिष्ठाका लागि तीन दिने धार्मिक समारोह आयोजना गरिने भएको छ।
हरेराम सङ्कीर्तन कुञ्जले आज शेष महलमा पत्रकार सम्मेलन गरी माघ २१ देखि सुरु हुने समारोहमा देशभरबाट ५ हजारभन्दा बढी भक्तजनको सहभागिता हुने जनाएको छ। कार्यक्रममा सङ्कर्षण यज्ञ, श्रीमद्भागवत एकाह पारायण लगायतका धार्मिक अनुष्ठान आयोजना गरिने छ। भक्तजनको बसोवास र अन्य व्यवस्थापनका लागि विशेष प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ।
धार्मिक मान्यताअनुसार चार युगका उपासना पद्धतिहरू– सत्ययुगमा तपस्या, त्रेतायुगमा यज्ञ, द्वापरयुगमा पूजा, र कलियुगमा हरिनाम सङ्कीर्तन– अनुसार भगवान् सङ्कर्षणको विग्रहको प्रतिष्ठा गरिने हरेराम सङ्कीर्तन कुञ्जले बताएको छ।
समारोहमा काठमाडौंका श्रीअनन्तप्रसाद गौतम र श्रीअजितप्रसाद गौतम गुरुहरूको विशेष उपस्थिति रहने छ भने काभ्रेका अमर अखण्ड हरिनाम सङ्कीर्तन मण्डलका पण्डितहरूले समेत धार्मिक अनुष्ठानमा सहभागीता जनाउनेछन्।
जयपुर, भारतका कलाकारद्वारा सिंहमरमरमा कुँदिएको यो विग्रह विश्वमै पहिलो भएको र यसको निर्माणमा झण्डै १ करोड रुपैयाँको लागत लागेको जनाइएको छ। ३५ फिट अग्लो शेष महल तालध्वज रथको अवधारणामा १४ स्तम्भहरूको आधारमा निर्माण गरिएको छ।
शेष महल निर्माणमा गुरु श्रीकविप्रसाद गौतमका भतिजा तथा श्रीमुरारिप्रसाद गौतमको अग्रसरता रहेको र श्रद्धालु भक्तजनहरूको पनि उल्लेखनीय सहयोग रहेको आयोजकले जानकारी दिएको छ।
दीर्घकालमा स्याङ्वाडाँडालाई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वृन्दावनधामसरहको तीर्थस्थल बनाउने योजना रहेको आयोजकको भनाइ छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच