
झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई सशक्त बनाउन नेता तथा कार्यकता रूपान्तरण हुनुपर्नेमा जोड दिनुभएको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको आज आयोजित पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई नयाँ तरिकाले अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै यसका लागि नेता तथा कार्यकर्ता रूपान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।
“पार्टीलाई थप सशक्त र जनता केन्द्रित बनाउन सबै नेता–कार्यकताहरू तल्लो तहमा उत्रिएर वैचारिक रूपमा नागरिकलाई सङ्गठित गर्नुपर्छ”, नेता गजुरेलले भन्नुभयो, “अब युवाहरू जाग्नु पर्ने समय आएको छ । मुलुकमा सकारात्मक परिवर्तन ल्याउनका लागि युवाको सक्रियता आवश्यक छ ।” पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटि भएको उहाँले उल्लेख गर्नुभयो ।
“बिरुवा आधुनिक भए पनि परम्परागत रूपमा मलजल गर्दा प्रतिफल पाउन सकिँदैन”, नेता गजुरेलले भन्नुभयो, “हाम्रो विचारमा सुधार गर्न नसक्दा पार्टी कमजोर भयो, त्यसलाई सुधार्नुपर्छ ।”
बैठकमा पार्टीकी केन्द्रीय सदस्य धर्मशीला चापागाईं, केन्द्रीय सदस्य इन्द्र आङ्बोलगायतले उत्पादन र रोजगारीका क्षेत्रमा पार्टीले काम गर्नुपर्ने बताउनुभएको थियो ।
फागुन ३ गतेदेखि हुलाकी राजमार्ग अभियान
नेकपा (माओवादी केन्द्र) को राष्ट्रव्यापी हुलाकी राजमार्ग केन्द्रित अभियान झापाको कचनकवल गाउँपालिकाबाट आगामी फागुन ३ गतेदेखि सुरू हुने भएको छ । केन्द्रीय कार्यक्रम अनुरूप देशव्यापी रूपमा कचनकवलबाट छ महिने अभियान सुरू हुन लागेको पार्टीका जिल्ला सचिव मोहन टुडूले जानकारी दिनुभयो ।
हुलाकी राजमार्गबाट सुरू हुने अभियान महाकाली पुगेर पुनःमदन भण्डारी राजमार्ग केन्द्रित भएर सोलुखुम्बूको सगरमाथा फेदीमा समापन हुने उहाँले बताउनुभयो । हुलाकी राजमार्ग केन्द्रित अभियानका लागि आज पार्टीको पाँचौँ पूर्ण बैठकले कार्यविभाजन गरेको छ । पार्टी कार्यकर्ता परिचालनदेखि गाउँ, नगर अधिवेशन सम्पन्न गर्नेलगायत कार्य भइरहेको पार्टीले जनाएको छ ।
बैठकमा अभियानको महत्व र औचित्यमाथि प्रकाश पार्दै पार्टीका जिल्ला इञ्चार्ज झलकसिंह दर्लामीले पार्टीलाई सशक्त बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको उल्लेख गर्नुभयो । उक्त अभियानलाई सफल बनाउन एकीकृत र केन्द्रीकृत कार्ययोजना बनाइएको उहाँले जानकारी दिनुभयो ।
पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष राजु आचार्य (अग्नि) को अध्यक्षमा भएको कार्यक्रममा पार्टीका कचनकवल गाउँपालिकाका अध्यक्ष सुकराज लिम्बूले स्वागत गर्नुभएको थियो भने जिल्ला सचिव टुडूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच