
काठमाडौं । इण्डियन एसोसिएसन अफ ग्यास्ट्रोइन्टेस्टाइनल एण्ड इन्डोस्कोपिक सर्जन (आइएजिइएस) र सोसाइटी अफ सर्जन्स अफ नेपाल (एसएसएन) को सहकार्यमा साउथ एसियन सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल मेडिसिटी अस्पताल र हायात रिजेन्सी काठमाडौंमा जारी सम्मेलनमा भारत तथा नेपालबाट दुई सयभन्दा बढी चिकित्सकहरूको सहभागिता रहेको छ ।
मिनिमल इन्भेसिभ सर्जरी, रोबोटिक सर्जरी र इन्डोस्कोपी क्षेत्रको विश्वव्यापी नवीनतम प्रगति, प्रवृत्ति र चुनौतीबारे ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको आइएजिइएसका अध्यक्ष डा. सुवास अग्रवालले बताउनुभयो ।
विश्वभरका प्रख्यात विशेषज्ञ, नवप्रवर्तक र सर्जनको सहभागिता र ज्ञान आदानप्रदानले अत्याधुनिक अनुसन्धानमा सहकार्य गर्न र सो क्षेत्रमा विकासलाई बढावा दिन सहयोग पुग्ने उहाँले बताउनुभयो । भारतबाट आएका चिकित्सकले नेपाल मेडिसिटीमा हुने दूरविन प्रविधिबाट गरिने जिआई सर्जरी खासगरी हर्निया-ल्याप्प्रोकोपिक फण्डोप्लिकेसन, कोलोरेक्टल तथा गलब्ल्याडर एपेण्डिक्सका जटिल शल्यक्रिया भारतकै स्तरमा रहेको भन्दै प्रशंसा गरे ।
हालसम्म नेपाल मेडिसिटीमा दुईवटै शल्यक्रिया युनिटबाट आठ हजारभन्दा बढी शल्यक्रिया दूरविन प्रविधिबाट भएको जानकारी एसएसएनका पूर्वअध्यक्ष तथा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा. सुनिलकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार मेडिसिटीमा इआरसिपी, इन्डोस्कोपिक अल्ट्रासाउण्ड गरी क्यान्सर पत्ता लगाई त्यसलाई ट्युमर बोर्डमा छलफल गरी सम्पूर्ण क्यान्सरको उपचार गराइन्छ । त्यस्तै, शल्यक्रिया गर्न अनिवार्य फ्रोजन सेक्सन गरेर क्यान्सर उपचारमा कुनै सुविधाको कमी हुन नदिई शल्यक्रिया गरिन्छ । सो अवसरमा मेडिसिटी अस्पतालमा विभिन्न वर्कशप आयोजना गरिएको थियो, जहाँ सहभागी चिकित्सकहरूलाई पेपर प्रिजेन्टेसन, विभिन्न सिकाइ गतिविधिका साथै एफएएलएस हर्निया फेलोसिप, एफआइएजिइएस फेलोसिप, इएफआइएजिइएस फेलोसिप प्रदान गरिएको थियो ।
सम्मेलनमा विशेषतः शल्यक्रियाको भविष्यमा अन्तरदृष्टि, रोबोटिक्स, अग्मेन्टेड रियालिटी, शल्यक्रियामा आर्टिफिसियल इन्टेलिजेन्स र उन्नत ल्याप्रोस्कोपिक प्रविधि जस्ता परिवर्तनकारी आविष्कारको खोजीबारे छलफल भएको शर्माले बताउनुभयो । आइएजिइएसले डा. शर्मालाई अनररी फेलोसिप प्रदान गर्नुका साथै सम्मेलनका दुर्ई मुख्य ओरेसनमध्ये एक विशेष मन्तव्य उहाँले दिनुहुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच