
हेटौंडा । हेटौंडामा निसन्तान (बाझोपन)को समस्या रहेको ५० दम्पतीले नि:शुल्क परिक्षण तथा परामर्श सेवा लिएका छन् । सेवा सहयोग र आवाजमा हामी संस्थाको आयोजना तथा प्यासिफिक अस्पताल कुपोन्डोल ललितपुरको सहकार्यमा शनिबार राप्ती रोडस्थित रामजानकी मेडिकल हलमा उक्त परिक्षण तथा परामर्श सेवा लिएका हुन् ।
संस्थाका अध्यक्ष विशालराज महतको सभाध्यक्षता रहेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले अत्यन्तै महत्वपूर्ण पाटोमा संस्थाले काम गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।निसन्तानको समस्यामा रहेका परिवारलाई पालिकाले सहयोग गर्ने निसन्तान दम्पतीलाई प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
जटिल र नकारात्मक असरका रूपमा वृद्धि भइरहेको निसन्तानको समस्याले बिकरालरुप लिइरहेको हुँदा विशेषज्ञ डाक्टरहरुद्वारा निशुल्क परामर्श र परिक्षण कार्य अघि सारिएको संस्थाका अध्यक्ष विशालराज महतले जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग रहेको उक्त परिक्षण शिविरमा विशेषज्ञ डाक्टर ज्वाला थापाद्वारा चेकजाँच गरिएको थियो।
कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष धुर्व प्रसाद अधिकारी, वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर प्रमोद कुमार चौरसियलगायतको उपस्थिति रहेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच