
काठमाडौं । ज्ञान निकेतन र नेरिक एकेडेमी १०औँ इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दुई विधाको उपाधिका लागि भिड्ने भएका छन् । शनिबार भएको सिनियर र जुनियर ब्वाइजको सेमिफाइनलमा आ-आफ्नो प्रतिद्वन्द्वीमाथि जित निकाल्दै ज्ञान निकेतन र नेरिकले उपाधि भिडन्त पक्का गरेका हुन् ।
सिनियर ब्वाइजको सेमिफाइनलमा ज्ञान निकेतनले मातृभूमिलाई ५९-४६ ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा सवाज मन्सुरले २५ अंक योगदान गर्नुभयो । अर्को सेमिफाइनलमा सुशल मगरको १८ अंक सहयोगमा नेरिकले आयोजक इनोभेटिभलाई ४०-३३ ले हरायो । जुनियर ब्वाइजको सेमिफाइनलमा ज्ञान निकेतनले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) लाई २६-२० तथा नेरिकले केयर इंग्लिसलाई ३२-२० ले पाखा लगाए । ज्ञान निकेतनका करण राईले १४ तथा नेरिकका सविन खत्रीले १८ स्कोर गर्नुभयो ।
सिनियर गल्र्समा भने ज्ञान निकेतन फाइनल पुग्नबाट वञ्चित भयो । सेमिफाइनलमा रोज बडले ज्ञान निकेतनलाई १९-१० ले रोक्यो । रोज बडकी स्वच्छता श्रेष्ठले नौ अंक जोड्नुभयो । फाइनलमा रोज बडको भेट मातृभूमिसँग हुनेछ । अर्को सेमिफाइनलमा मातृभूमिले रिब्समाथि १९-१५ को जित दर्ता गर्यो । मातृभूमिकी साइजा श्रेष्ठले आठ अंक बटुल्नुभयो । फाइनल आइतबार हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच