काठमाडाैं । सरकारले ‘भविष्यका लागि सिमसार संरक्षण’ भन्ने नाराका साथ आईतवार विश्व सिमसार दिवस मनाएको छ ।
सिमसार क्षेत्रको संरक्षणका लागि जनचेतना बढाउन तथा संरक्षण र प्रवर्द्धन गर्नको लागि वन तथा वातावरण मन्त्रालयले एक समारोहका बीच सिमसार दिवस मनाएको हो । कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सिमसार क्षेत्र पारिस्थिति प्रणालीको हिसावले महत्वपूर्ण क्षेत्र भएको बताउनु भयो ।
उहाँले नेपालका सयौं तालतलैयाहरु सिमसार र रामसार क्षेत्रमा पर्ने भएकाले तिनको संरक्षण र प्रवर्द्धन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सिमसार क्षेत्रको संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो । उहाँले सिमसार क्षेत्रको संरक्षण्मा समयमै ध्यान पुर्याउन नसके भविष्यमा ठूलो समस्या सिर्जना हुने बताउनु भयो ।
मन्त्री ठकुरीले भन्नुभयो, ‘सिमसारको रुपमा नेपाल अत्यन्तै महत्वपूर्ण क्षेत्र मानिँदै आएको छ । नेपालको हिमाल, पहाड र तराईमा सिमसारका महत्वपूर्ण क्षेत्रहरु छन् । म आफैँ पनि मुगु जिल्ला र विशेषगरी रारा ताल सिमसार र रामसार क्षेत्रमा सूचिकृत भएको छ । सिमसार क्षेत्रको संरक्षण र प्रवर्द्धन हामी गर्नसक्छौं । सिमसारसँग जोडिएका विभिन्न पारिस्थितिय प्रणालीहरु र सबै पक्षहरुको संरक्षण जरुरी छ । यसका लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले महत्वपूर्ण भुमिका खेल्ने नै छ र हामी सबै लागेर सिमसारको संरक्षण र प्रवर्द्धन गर्दै जानुपर्छ । सिमसारको संरक्षण गर्न सकिएन भने विभिन्न समस्याहरु बढ्दै जान्छन् । जस्तै अहिले जलवायु परिवर्तनका कारणले जसरि समस्या सिर्जना हुँदै गएका छन् । त्यसैगरी सिमसार क्षेत्रको संरक्षणका लागि हामीले समयमै ध्यान पुर्याउन सकेनौँ भने यसबाट धेरै समस्याहरु व्यहोर्नुपर्ने समस्या छ ।’
उहाँले सिमसार क्षेत्रको संरक्षणका लागि सबैले सहकार्य गर्दै अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच