काठमाडौं । कथाकार रत्न प्रजापतिको नयाँ बालकथासंग्रह ‘इन्जिनियर चरा’ प्रकाशित भएको छ । यो पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो । संग्रहमा ‘झिंगापुर यात्रा’, ‘कमिला र माछा’, ‘बेल विवाह’, ‘इन्जिनियर चरा’, ‘स्यालले किरिया खायो’, ‘हिस्स बुढी खिस्स दाँत’ र ‘मुसाको भाइटीका’ शीर्षकका सातवटा रमाइला र सन्देशमूलक कथा संगृहित छन् ।
कथा सुहाउँदो चित्रले बालपाठकहरूको मनमा उत्सुकता जगाउनेछ र पठनमा आकर्षित गर्नेछ । पुस्तकको शीर्षकअनुरूप यस संग्रहभित्रका कथाहरूलाई बालबालिकाले अवश्य मन पराउने विश्वास प्रकाशकको छ । बालबालिकामा पठन संस्कृतिको विकास गर्न यो पुस्तकले थोरै भए पनि सघाउ पु¥याउने विश्वास गर्न सकिन्छ । ३२ पृष्ठको यो पुस्तकको मूल्य ९५ रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच