
ओखलढुंगा । नेपाली कांग्रेसका पुराना तथा अग्रज नेता एवं जिल्ला कार्यसमितिका पुर्वसचिव देवी बहादुर केसीको निधन भएको छ ।
ग्रान्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा माघ २२ गते निधन भएको हो । २००१ सालमा ओखलढुंगाको साबिक नाराणस्थान गाविस –४, हाल सिद्धिचरण नगरपालिका– ३ मा जन्मनु भएका केसी सानै उमेरदेखि सामाजिक सेवामा लाग्नुभएको थियो । शिक्षण पेशामा आबद्ध हुनुभएका केसी प्रजातन्त्र प्राप्तीका लागि समेत लड्नु भएको थियो ।
प्रजातन्त्रको पुनःप्राप्ति पछि २०४९ सालमा नेपाली कांग्रेसको तर्फबाट नारायणस्थान गाउँविकास समितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो । २०५४ को स्थानिय निकायको निर्वाचनमा पनि अध्यक्ष पदमा निर्वाचित हुनुभयो । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सचिव हुनुका साथै विभिन्न जिम्मेवारीमा रही आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो । देवी बहादुर केसी नेपाली कांग्रेसका वर्तमान सभापति तेजन खनालका काका समेत हुनुहुन्थ्यो ।
काठमाडौंमा बस्दै आउनुभएका केसी मृगौला रोगबाट पीडित भई लामो समयदेखि उपचार गराइरहनु भएको थियो । उहाँका श्रीमति दुई छोरा, दुई छोरी हुनुहुन्छ ।
पार्टी संगठक, अग्रज नेता केसीको निधनले नेपाली कांग्रेस ओखलढुंगालाई अपुरणीय क्षति भएको पार्टी सभापति तेजन खनालले बताउनु भयो । केसीको निधन प्रति गहिरो दुःख ब्यक्त गर्दै माघ २३ गते एकदिन नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय बन्द गर्ने, ५ दिन पार्टीको झण्डा झुकाउने र १२ दिन स्वर्गीय केसीको फोटो सहित शोकपुस्तिका राख्ने जानकारी दिइएको छ । पार्टी उपसभापति नवराज केसीको हस्ताक्षरमा शोक वक्तव्य प्रकाशन गरी स्वर्गीय केसी प्रति श्रद्धान्जली र शोकाकुल परिवार प्रति समबेदनासमेत प्रकट गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच