भोजपुर । नेपाल निजामती कर्मचारी युनियन भोजपुरको नेतृत्वमा फेरी सिताराम ओझा दोहोरिएका छन् ।
जिल्ला सदरमुकाममा भएको नवौं जिल्ला अधिवेशनबाट पुन ओझाको नेतृत्वमा नयाँ कार्य समिति बनेको हो । १३ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा देवी प्रसाद तिवारी र निमा राईलाई चयन गरिएको छ ।
यस्तै सचिवमा विक्रम रुम्वा र कोषाध्यक्ष सन्तोष आलेमगर चुनिएका छन । सदस्यहरुमा सुन्दर मगर, रूपेश कुमार यादव, अन्जना पाण्डे, सुरेश फुयल र मुकुन्द बस्नेतलाई अधिवेशनले चयन गरेको छ ।
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा केशव सोराली, अर्जुन बहादुर विष्ट, शालिकराम लुईटेल र गिता कोइरालालाई छनौट गरिएको छ । प्रदेशप्रतिनिधिमा फडिन्द्र भण्डारी, रामकला ढकाल र लक्ष्मण प्रसाद मेहेता छन । अधिवेशनको उद्घाटन प्रदेश सांसदबिनोद बान्तवाले गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच