राष्ट्रपति रनिङ शिल्डको उपाधी अन्नपूर्णलाई

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका संचालित पालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी अन्नपूर्णले नै जितेको छ ।

प्रतियोगिताअन्तर्गत सवै भन्दा बढी पदक पाएर अन्नपूर्ण बागधनरणदिपा माध्यामिक विद्यालयले पहिलो स्थान हासिल गरेको हो । साविक विजेता समेत रहेको अन्नपूर्ण बागधनरणदिपा माध्यामिक विद्यालयले १० स्वर्ण, तीन रजत र चार कास्य पदक हात पारेको छ । यस्तै पाँच स्वर्ण, चार रजत र चार कास्य सहित सिंहदेवी माध्यामिक विद्यालय लेखर्क दोश्रो, चार स्वर्ण, सात रजत र दुई कास्यसहित विद्येश्वर माध्यामिक विद्यालय गोगनेले तेश्रो स्थान हासिल गरेको छ ।

विजयी विद्यालयहरुलाई गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवि राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पा, सचिव गेल्जेन शेर्पालगायतले पुरस्कार बितरण गर्नु भएको थियो । पालिकाको चण्डेश्वरी माध्यामिक विद्यालय नागीको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?