
कपिलवस्तु । मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप दोस्रो संस्करण प्रतियोगिता फागुन १४ देखि २१ गतेसम्म हुने भएको छ । बुद्ध रंगशालमा हुने प्रतियोगितामा ‘ए’ डिभिजनका चारसहित आठ टोलीको सहभागिता रहने कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जनाकारी गराउनुभयो ।
प्रतियोगितामा ‘ए’ डिभिजनका थ्री स्टार, मछिन्द्र, हिमायलन शेर्पा र संकटा क्लबले सभागिता जनाउनेछन् । यस्तै साबिक विजेता हनामी विएफसी चितवन, झापा-११, जोन्ग्री एफसी सिक्किम र आयोजक कपिलवस्तु-११ ले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ तथा उपविजेताले पाँच लाख ५५ हजार ५५ रुपौयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड र फरवार्डलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै ‘प्लेयर्स अफ म्याच’ले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच