
काठमाडौं । चलचित्र ‘मनबिनाको धन’को मुहूर्तसँगै छायांकन आरम्भ गरिएको छ । गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको यो चलचित्रको कोटेश्वर महादेव मन्दिरमा मुहूर्तसँगै शुक्रबारदेखि भक्तपुरको बालकोटबाट छायांकन सुरु भएको छ । अभिनेता सरोज खनालले मुहूर्त पूजामा क्ल्याप, व्यवसायी टीका बुढाथोकीले नरिवल फोड्नुभएको थियो भने बालगायक अशोक दर्जी र सन्तोष पन्तले मुहूर्त सट दिनुभएको थियो । यो चलचित्रको भक्तपुरसहित काठमाडौं र तनहुँमा छायांकन हुने निर्माण पक्षले जनाएको छ । टंकले कम्पोज गरेको गीत ‘मनबिनाको धन’ निकै लोकप्रिय भएको थियो । त्यही गीतबाट चलचित्रको शीर्षक राखिएको हो ।
बालगायक अशोक दर्जी शीर्ष भूमिकामा रहने यो चलचित्रमा उहाँसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, विना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोललगायतका कलाकारको अभिनय रहनेछ ।
शिवम अधिकारीको पटकथा रहेको चलचित्र सामाजिक कथावस्तुमा बन्नेछ । बैंकटेश्वर इन्टरटेनमेन्टले वितरण गर्ने यो चलचित्रको निर्मातामा विष्णुमाया नेपाली, सहनिर्मातामा जिपी संग्रौला, लक्ष्मी गिरी, विवेक नेपाल, विजया पाण्डे हुनुहुन्छ । कार्यकारी निर्मातामा मिनु शर्मा रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच