भोजपुर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यादेश मार्फत शासन चलाउने प्रयास थालिएको बताउनु भएको छ ।
माओवादी केन्द्र भोजपुरको अरुण गाउँपालिकाको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्नु हुदै पुनले यस्तो बताउनु भएको हो । सोही अनुरुप अहिलेका अध्यादेशहरु आएको बताउँदै पुनले अध्यादेश मार्फत शासन चलाउने प्रयास सुरु गरिएको दावी समेत गर्नु भयो ।
उपमहासचिव पुनले लोकतान्त्रिक प्रणाली र लोकतन्त्रमाथि जहिले पनि खतरा रहेको समेत धारणा राख्नुभयो । कुनै पनि बेला संसद् भंग गरेर मध्यावधि निर्वाचन घोषणाको गृहकार्यमा प्रधानमन्त्री रहनु भएको आरोप लगाउनु हुदै पूर्वमन्त्री समेत रहनु भएका पुनले कांग्रेस नेताहरुलाई पनि आग्रह गर्दे भन्नुभयो, “यसमा सचेत रहन म काँग्रेस नेताहरूलाई आग्रह गर्न चाहन्छु । उहाँले फेरि संसद् विघटन गरेर मुलुकलाई मध्यावधिमा धकेल्ने दुस्साहस गर्नु हुनेछ, यसमा सचेत रहनुस् ।’
कांग्रेस समर्थनमा आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रोसँग सरकार चलाइरहेका बेला एकता टुटाउनु आफ्नो कमजोरी भएको स्वीकार गर्दै दुई पार्टी मिल्न अनुनय गरिएपछि कांग्रेस छाडेर एमालेसँग सहकार्य भएको पुनको भनाई छ । भुटानी शरणार्थी प्रकरणका अनुसन्धान अघि बढेपछि रातारात कांग्रेस र एमाले मिलेको आरोप लगाउँदै पुनले पछिल्लो समय सरकारका गतिविधिले यो सरकार बिचौलिया, भ्रष्टाचारी र राज्य दोहनमा संलग्नलाई संरक्षण गर्न बनेको पुष्टि भई रहेको बताउनुभयो ।
पुनले अहिले मुद्दा नचलाउने निर्णय गरिएकाहरूका फाइल आफूहरू सरकारमा आएपछि फेरी खोलिने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच