प्रधानमन्त्री कप क्रिकेट : आज बागमती र कोशीबीच प्रतिस्पर्धा हुँदै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एक खेल मात्र हुने भएको छ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर मैदानमा बागमती प्रदेशले कोशी प्रदेशको सामना गर्दैछ ।

प्रतियोगितामा कोशी प्रदेशले आफ्ना सबै चार खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ । त्यस्तै बागमती प्रदेशले ४ खेलमा २ जित र २ हार बेहोरेको छ ।

अहिलेसम्म पीएम कपमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब मात्र अपराजित रहेका छन् । सुदूरपश्चिमले आफ्ना तिनै खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपाल पुलिस क्लबले आफ्ना दुवै खेल जितेर अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले आफ्ना ३–३ खेलमा २–२ खेल जितेर ४–४ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन् । त्यस्तै बागमती प्रदेशले ४ खेलमा २ जित र २ हार बेहोर्दै ४ अंक हासिल गरेको छ ।

त्यसैगरी, कर्णाली प्रदेशले आफ्ना ३ खेलमा २ जित र एक हार बेहोर्दै ४ अंक हासिल गरेर छैटौं स्थानमा रहेको छ भने मधेश प्रदेशले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गर्दै सातौं स्थानमा रहेको छ । लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हर बेहोरेको छ भने गण्डकी र कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालको निधन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्यलाई प्राथमिकतामा राख्ने काँग्रेसको निर्णय दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक पदार्थ फेला गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक पार्कको शिलान्यास भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन ११ वर्षपछि पुनः सुरु संविधान कार्यान्वयन नै नगरी संशोधनको बहसमा पुग्यौँः जीवन परियार मदन पुरस्कार वीणा राजभण्डारी र जगदम्बाश्री किरण खरेललाई जलवायु अनुसन्धानमा नीतिगत झमेला र लगानी अभाव मुख्य चुनौती : सांसद रेग्मी न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री छोबीच भेटवार्ता