प्रधानमन्त्री कप क्रिकेट : आज बागमती र कोशीबीच प्रतिस्पर्धा हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एक खेल मात्र हुने भएको छ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर मैदानमा बागमती प्रदेशले कोशी प्रदेशको सामना गर्दैछ ।

प्रतियोगितामा कोशी प्रदेशले आफ्ना सबै चार खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ । त्यस्तै बागमती प्रदेशले ४ खेलमा २ जित र २ हार बेहोरेको छ ।

अहिलेसम्म पीएम कपमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब मात्र अपराजित रहेका छन् । सुदूरपश्चिमले आफ्ना तिनै खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपाल पुलिस क्लबले आफ्ना दुवै खेल जितेर अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले आफ्ना ३–३ खेलमा २–२ खेल जितेर ४–४ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन् । त्यस्तै बागमती प्रदेशले ४ खेलमा २ जित र २ हार बेहोर्दै ४ अंक हासिल गरेको छ ।

त्यसैगरी, कर्णाली प्रदेशले आफ्ना ३ खेलमा २ जित र एक हार बेहोर्दै ४ अंक हासिल गरेर छैटौं स्थानमा रहेको छ भने मधेश प्रदेशले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गर्दै सातौं स्थानमा रहेको छ । लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हर बेहोरेको छ भने गण्डकी र कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?