
बर्दिया । बर्दियामा चितुवाको आक्रमणमा परी २ वर्षिय बालकको मृत्यु भएको छ ।
बर्दियाको मधुवन नगरपालिका–९ स्थित भाटचोकमा शनिवार साँझ करिब ७ बजे चितुवाको आक्रमणबाट २ वर्षीय बालक रिहान चलाउनेको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्तिमगरका अनुसार, चितुवाले बालकलाई टिपेर लगेको थियो। राति सवा ९ बजे घरबाट करिब ५ सय मिटर टाढा बालकको शव भेटिएको थियो। घटनाको समयमा बालकको आमा रचना घरभित्र थिइन्। छोरा नदेखेपछि उनले हारगुहार गरेकी थिइन्।गाउँलेहरू र प्रहरीले खोजी अभियान चलाएपछि मात्र बालकको शव भेटिएको हो। रचना शनिवार मात्रै छोरालाई लिएर बर्दियास्थित सानीआमा जमुना कँडेलको घर गएकी थिइन्।
उनको घर बाँकेको राप्तिसोनारी गाउँपालिका–५ मा पर्छ। आइतबार बालकको शवको पोष्टमर्टम गरी आफन्तलाई बुझाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच