
इलाम । इलामको माङ्सेबुङ्ग गाउँपालिकामा व्यवसायीक रुपमा कफि खेती बिस्तार हुने क्रम बढेको छ । कम मेहनत, मुल्य र बजारको समस्या नभएपछि किसान कफि खेतीमा आकर्षित भएका हुन् ।
माङसेबुङ गाउँपालिका २ का मछिन्द्र योङहाङ्गले धान उत्पादन हुने ४० रोपनी क्षेत्रफलमा कफि खेती गरेका छन् । धान उत्पादन हुँदै गरेको खेतमा रोपिएको कफिले आम्दानी दिन थालेको छ । सिचाई सुविधा दिँदै आएको कुलोको मुहान सुकेपछि गरिएको कफि खेतीको गरिएको थियो ।
माङ्सेबुङ्ग २ का होमबहादूर कार्कीले ३ वर्षदेखि व्यवसायीक कफि खेती गरेका छन् । खाध्यबाली उत्पादन कमहुने जग्गामा रोपिएको कफिको उत्पादनबाट कार्कीको आम्दानी राम्रो छ । बोटमा पाकेको कफि टिपेकै दिन सय रुपैयाँमा बिक्रि हुन्छ ।
माङ्सेबुङ्ग गाउँपालिकामा व्यवसायीक कफि खेती गर्ने मछिन्द्र योङ्हाङ्ग र होमबहादूर कार्की प्रतिनिधि किसान मात्रै हुन् । माहाभारत र चुरे भु–भाग रहेको माङ्सेबुङ्गमा सिचाई सुविधा कम हुन्छ । जसका कारण किसानले व्यवसायीक कफि खेती रोजेका छन् ।
३ वर्ष अघिबाट शुरु भएको व्यवसायीक कफी खेती बिस्तारले अभियानको रुप लिएको छ । ३ वर्ष अघि रोपिएका कफिका बोटले मनग्ये आम्दानी दिन थालेका छन् । कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले किसानको आकर्षण बढेको हो ।
वन जङ्गलको आडैमा प्रशस्त खाली जमिनमा लगाइएका कफीका विरुवाहरुले हरभरा देखिन थालेको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिनुभयो । कफीसँगै व्यावसायिक रुपमा बाख्रापालन समेत बढ्दै गएको छ ।
उत्पादित कफी गाउँकै संकलकबाट संकलन हुन्छ । जसका कारण किसानले बजारीकरणको समस्या भोग्नु परेको छैन । कफि खेतीमा किसानको आकर्षण बढेपछि कोशी प्रदेश सरकारको सहयोगमा कफि खेती प्रवद्र्धन कार्यक्रम माङ्सेबुङ्गमा लागु भएको छ । नेपालमा वि.सं. १९९५ मा कफी खेतीको शुरुवात गरिएको इतिहास छ । भौगोलिक, हावापानी र माटोको हिसावले नेपालका मध्य पहाडि जिल्लामा कफीको राम्रो सम्भावना देखिएपछि इलाममा व्यवसायीक कफी खेतीको शुरुवात भएको हो ।
देशको मध्य तथा पश्चिम पहाडी जिल्लामा समुद्र सतहबाट ८ सय मिटर भन्दा माथि हिउँ, तुषारो नपर्ने ठाँउसम्म लगाईएको कफी गुणस्तरीय कफीको रुपमा उत्पादन भई विदेश तर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने संकेत देखिएको छ । अन्तराष्ट्रिय बजारमा नेपाली कफीको माग दिनानुदिन बढ्दै गई राखेको परिप्रेक्षमा कफी उत्पादन क्षेत्रको बिस्तार गर्नुको उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको पालिका अध्यक्ष राईको भनाई छ ।
विश्व बजारमा नेपालबाट उत्पादित प्राङगारिक कफीको माग बढ्दो छ । कूल उत्पादन मध्ये ७० प्रतिशत कफी कोरिया, जापान, अमेरिका, जर्मनी निर्यात हुने गरेको छ । कफी अन्र्तराष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि नेपाली अर्गानीक कफीको माग बढीरहेको छ ।
पछिल्लो समयमा स्थानिय सरकारले बिभिन्न कार्यक्रम अन्र्तगत सिंचाई, बिजुली सबै ठाउँमा पुगीसकेको कारण गाउपालिकामा कफी खेतीको राम्रो सम्भावना देखिएकाले कफी खेती बिस्तार कार्यक्रमको सुरुवात गरिएको पालिकाले जनाएको छ ।
कफी बालीलाई एक बर्षे बाली जस्तो खनजोत बढी गर्न नपर्ने, पहाडको भिरालो, पाखो जमिनमा लगाउन मिल्ने, भूक्षयबाट बचावट गर्ने र बर्षे बालीको तुलनामा आर्थिक रुपमा २/३ गुणासम्म बढी फाइदाजनक पाइएकोले यसको विशेष महत्व छ । कफीको बोटले एक वर्ष पुराने हाँगाबाट मात्र फल दिने हुँदा प्रत्येक वर्ष लगातार काँटछाँटको आवश्यकता पर्दछ । काँटछाँट गर्ने कार्य फल टिपी सकेपछि फाल्गुण–चैत्र महिनामा गरिन्छ । पुराना बोटहरुमा हरेक ४ वर्षपछि अलि बढी मात्रामा हाँगाहरू काँटछाँट गर्नु आवश्यक हुन्छ । काँटछाँट गर्नाले कफीको बोटमा सुर्यको प्रकाश र हावाको राम्रो सञ्चार हुन्छ जसले गर्दा रोग र कीराको प्रकोप कम हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच