
-चञ्चल झा
रौतहट । जिल्ला अदालत रौतहटको फैसला बमोजिम अदालतबाट विभिन्न मुद्धामा जरिवाना सजाय तोकिएर फरार अवस्थामा रहेका १३ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न समयमा सजाय भएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाइ फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक कुमार रायले बताउनु भयो । डीएसपी रायका अनुसार गाली बेईज्जती, अदालतको अवहेलना,लेनदेन,गाली बेईज्जती,जालसाजी,नाता कायम,किर्ते जालसाजी, सम्बन्ध बिच्छेद र कुटपिटको मुद्धामा जरिवाना सजाय पाएकाहरु रहेका छन् ।
गाली बेईज्जती मुद्धामा लालउती महतो र शकुन्ती देवी, अदालतको अवहेलना मुद्धामा शान्ती देवी, लेनदेन मुद्धामा जगरनाथ मुखिया,सन्तलाल मुखिया र अनिल मिश्र, गाली बेईज्जती मुद्धामा शकुन्ती देवी,जालसाजी मुद्धामा रामचन्द्र हजरा दुसाद,नाता कायम मुद्धामा हिमा कुमारी यादव र गर्भलाल प्रघा,किर्ते जालसाजी मुद्धामा सिया देवी यादव,सम्बन्ध बिच्छेद मुद्धामा रूना कुमारी महतो,मन्जु देवी सहनी तथा कुटपिट मुद्धामा दिला देवीलाइ अदालतले जरिवाना गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच