जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

Read Time = 2 mins

काठमाडौं । करुणामय मानव विकास संघले विभिन्न ठाउँका ८२ जना गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । काभ्रेको बनेपास्थित चक्रज्योति माविमा सम्पन्न कार्यक्रममा २१ सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, ड्रेस, जुत्तालगायतका सामग्री वितरण गरेको हो ।

सन् २००५ सालमा स्थापना भएको संघले १८ वर्षयतादेखि सिन्धुपाल्चोक, काभ्रे र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका रूपमा आवश्यक सामग्री वितरण गर्दै आएको छ । मानव धर्म निर्वाह गर्नुपर्ने चेतना भएका दाता पहिचान गरी उनीहरूकै सहयोगमा संघले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको संघका सचिव उत्तम मानन्धरले बताउनुभयो ।

कक्षा एकदेखि १० कक्षासम्म अध्ययन गर्ने गरिब र जेहेन्दार विद्यार्थी छनोट गरी उनीहरूका लागि आवश्यक दैनिक शैक्षिक सामग्री तथा अन्य सहयोग संघले उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ । कतिपय अवस्थामा संघको सहयोग र समन्वयमा अध्ययनरत विद्यार्थी सक्षम भएपछि आत्मनिर्भर बनाउने उद्देश्यले जागिर लगाइदिनेसमेत गरेको छ ।

संघका अध्यक्ष सिद्धिगोपाल मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, इमेज च्यानल टेलिभिजनका महाप्रबन्धक रघुवरभक्त मानन्धर, वडाध्यक्ष शुभलक्ष्मी मानन्धर, काभ्रे उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश मानन्धरलगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?