
दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोपै हाने पनि सरकार नढल्ने बतानुभएको छ ।
लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विपक्षीहरु सरकार ढाल्ने चलखेलमा लागे पनि १७ महिना आफैँले चलाउने बताउनुभयो ।
‘१७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन, केही गरे पनि सरकार ढल्दैन, उहाँले भन्नुभयो । उहाँले १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दोहोर्याउनु भयो । १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीले चलाउनुहुन्छ । त्यो डिक्लियर छ । आफै छोड्छु नि, केपी ओलीलाई हटाउनका लागि बल लगाउनै पर्दैन आफैँ छाड्छु म,’ उहाँले भन्नुभयो ।
'कांग्रेस एमालेबीच कुनै आशंका छैन, स्थिरता दिन दुई तिहाइ नजिकको सरकार छ ।’ओलीले अहिले हल्ला चलाएजस्तै आफू कसैको पाटी फुटाउन र जुटाउन नलागेको बताउँदै भन्नुभयो, ‘कतिपयले हल्ला गरेका पार्टी फुटाउँदै छन् भनेर तर त्यो कल्पना बाहिरको कुरा हो । हामीलाई त्यो फुर्सद छैन हामी पाटी फुटाउने होइन देश बनाउन हिँडेका हौँ।’
प्रधानमन्त्री ओलीले संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनु भएको छ । प्रधानमन्त्री ओलीले लुम्बिनीको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताउँदै संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको तर्क गर्नुभयो । उहाँले हालै निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक, तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकको रूपमा व्याख्या गर्नुभयो ।
प्रदेशको समग्र विकासका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूलाई पार गर्न तीनै तहका सरकारहरूबीच समन्वय र सहकार्य अनिवार्य रहेको भन्दै सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार हुने तर्क गर्नुभयो ।
यता दाङको घोराहीमा एमाले दाङले आयोजना गरेको सभालाई सम्वोधन गदैँ प्रधानमन्त्रीले ओलीले अध्यादेश जसरी पनि पारित हुने बताउनुभयो । अध्यादेश पारित गर्नमा कसैले अवरोध गर्न सक्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, 'अध्यादेश कसरी पारित हुन्छ, हेर्दै जानुहोला । ‘हिजो प्रचण्डले दरबारसँग सम्झौता गरेर लोकतन्त्र मास्न खोजेका हुन्,’ उहाँले भन्नुभयो, ’अहिले उल्टै हामीलाई लोकतन्त्र मासेको आरोप लगाउने ? प्रचण्डको धेरै पोल खोल्न नपरोस् ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहालले रातदिन थेगो जस्तै गरी सरकार ढल्छ भनिरहेको उल्लेख गर्दै उहाँले दाहाल जति बर्बराए पनि सरकार नढल्ने दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा निर्वाचन–२०७९ मा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरेको बताउँदै पोखरेले चुनाव जितेको भए आफूलाई समेत सजिलो हुने बताउनुभयो । पोखरेलले चुनाव जित्दा देशको विकास गर्न धेरै सहज हुने थियो । मलाई सजिलो हुने थियो,’ उहाँले भन्नुभयो, ‘यसमा तपाईंहरूले गल्ती गर्नुभयो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच