
पोखरा । पोखराको एक कालिज फार्ममा पसेको चितुवाको उद्धार गरिएको छ ।
सोमवार पोखरा महानगरपालिका वडा नं २६ कोइराला कुना गुँदेतालस्थित कुनो कालिज फार्ममा पसेको चितुवाको जिल्ला वन कार्यालयको सहयोगमा उद्धार गरिएको हो । जिल्ला वन कार्यालय कास्कीका प्रतिनिधि डा.किशोर आचार्यले कालिज फार्ममा पसेको चितुवालाई डाड गरेर नियन्त्रणमा लिएको बताउनुभयो ।
डा. आचार्यले करिव ४० किलो तौलको उक्त चितुवालाई वन कार्यालयले जिम्मा लिएको र उपचार गरेर बासस्थानमा छोडिदिने बताउनु भयो । उद्धार गर्ने क्रममा चितुवाले उद्धारकर्मीलाई चिथोरेर सामान्य चोट पु¥याएको थियो । जंगली जनावरको उद्धार गर्दा उद्धारकर्मीले नै सावधानी अपनाएर काम गर्नुपर्ने डा. आचार्यले बताउनु भायो ।
उहाँले भन्नुभयो, ‘आज यो गुँदेतालमा कालिज फार्ममा चितुवा पसेको रहेछ, ४० किलोको चितुवा । यसलाई हामीले उद्धार गरेका छौँ । हामीले यसलाई जाइलेजि र क्याटमिनको सहयोगले डार्ट गरेर छोटो समय रेस्क्यु ग¥यौँ र जिल्ला वन कार्यालयको गाडीमा राखेर प्याज व्यारेज स्टेशनमा लाँदैछौँ ।’
कालिज फार्म सञ्चालकाअनुसार जंगली जनावर तर्साउन राखिएको इलेक्टिक फेन्सिङ बिग्रिएका कारण चितुवा पसेको हो । आफूले कालिज फार्म शुरु गर्दा पनि एकसाथ तीनवटा फार्ममा चितुवा पसेको सञ्चालकको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच