
काठमाडौं । गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’को गीत ‘सपनीमा नआऊ तिमी’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंको अनामनगरस्थित डालो रेस्टुरेन्टमा एक विशेष समारोहबीच कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर/संगीत रहेको उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।
साहित्यिक पत्रकार संघको आयोजना र प्राडा.सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त गीतको युट्यूव संस्करणको प्ले बटन थिचेर लोकार्पण गरिएको थियो । लोकार्पणपछि संगीतकार तथा गायक सन्तोष श्रेष्ठले गीतकारले लेखेका शब्दहरूलाई संगीतकार र गायकले मूर्त बनाउने काम गर्छ भन्दै ‘सपनीमा नआऊ तिमी’ गीतकारले कुन उमेरमा लेखेका होलान् भन्ने जिज्ञासा राख्नुभएको थियो ।
साहित्यकारहरू किशोर पहाडी, ठाकुर शर्मा भण्डारी र युवराज मैनालीले लोकार्पित गीत सुनेर आ–आफूलाई परेको प्रभाव बारे प्रतिक्रिया व्यक्त गर्नुभएको थियो ।
गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले सुभाषचन्द्र पौडेलले हृदयबाट गीत लेखेको बताउँदै गीत, संगीत र स्वरको संयोजन राम्रो रहेको जिकिर गर्नुभयो ।
हाल अष्ट्रेलियामा रहनुभएका गीतकार ‘भीमफेदीया’ले प्रविधिमार्फत् यसरी आफ्नो अनुपस्थितिमा पनि गीत लोकार्पित भएकोमा खुशी व्यक्त गर्नुभयो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्राडा.केसीले अहिलेको प्रविधिको कारण यस्तो लोकार्पण कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । मुरारी सिग्देलले सहजीकरण गर्नूभएको कार्यक्रममा गीत, संगीत र साहित्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच