
काठमाडौं । कृषा चौलागाईंद्वारा निर्देशित चलचित्र ‘पिताम्बर’ नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेदेखि सिनेमाघरमा आउने तयारीमा छ । मल्टिस्टारर यो चलचित्रको टिजर र गीत रिलिज भएसँगै चर्चामा छ । चौलागाईंका अनुसार टिजर र गीतमा प्राप्त दर्शक प्रतिक्रियाका कारण विदेशमा यसको माग उच्च छ ।
चलचित्रका कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा ही धर्मस्य’बाट वाचन गरेपछि सुरु हुने एक्सनपूर्ण टिजरमा चलचित्रका कलाकारहरू प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झा अटाउनुभएको छ । बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरलाई १७ लाख बढी पटक हेरिएको छ ।
त्यस्तै प्रदीप खड्का र दिव्या रायमाझीको रोमान्स रहेको गीत ‘म त फ्यान भए यार’लाई १९ लाख पटक हेरिएको छ । तराईको लोकेसनमा भारतीय प्राविधिकले डिजाइन गरेको भव्य सेटमा छायांकन गरिएको गीत राम्रो बनेको छ ।
निर्माता विशाल चौलागाईं चलचित्रप्रति आफ्नो रुची बढ्दै गएकाले अझ राम्रो चलचित्र बनाउनेमा आफू प्रतिबद्ध रहेको बताउँनुहुन्छ ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको यो चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।
चलचित्रमा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गर्नुभएको छ ।
विशाल चौलागाईं निर्माता रहेको यो चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, काला चरनको पाश्र्व संगीत, रेनिस फागोको कलर ग्रेडिङ, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच