
नवलपरासी । नवौँ संस्करणको सूर्यनगर गोल्ड कप २०८१ को क्वार्टर फाइनल राउन्ड अन्तर्गत तेस्रो दिनको खेलमा बाँसबारी क्लब काठमाडौँ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
बर्दघाट–१६, सूर्यनगरस्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा आयोजक नव युवा क्लब र बाँसबारी क्लब काठमाडौँ आमनेसामने भएका थिए। निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमार्फत निर्धारण गरिएको थियो।
टाइब्रेकरमा बाँसबारी क्लब काठमाडौँले आयोजक नव युवा क्लबलाई ४-३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। आयोजक टोलीका लागि जर्सी नम्बर ११ महेश थापा क्षेत्री र जर्सी नम्बर १६ ले एक–एक गोल गरेका थिए। तर, दुर्भाग्यवश जर्सी नम्बर १२ कमल भट्टराईको आत्मघाती गोल आयोजकका लागि महँगो सावित भयो।
खेलको अन्त्यमा आयोजक टोलीका जर्सी नम्बर ११ महेश थापा क्षेत्री ‘म्यान अफ द म्याच’ घोषित भएका छन्। अब बाँसबारी क्लब काठमाडौँले सेमिफाइनलमा फागुन ११ गते एमएस्सी फुटबल क्लब भारत र चारतारे फुटबल क्लब मोरङबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच