
काठमाडौं । आर्सनल इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा वेस्टह्याम युनाइटेडसँग स्तब्ध भएको छ । गएराति सम्पन्न खेलमा वेस्टह्यामले आर्सनललाई १–० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो ।
वेस्टह्यामको जितमा खेलको ४४औ मिनेटमा जारोड बोवेनले गुर्नभएको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको ७३औ मिनेटमा मिलेस लेविस स्केलीले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो ।
यो हारपछि लिग जित्ने आर्सनलको अभियानमा धक्का लागेको छ । यो खेलपछि आर्सनलको २६ खेलमा ५३ अंक रहेको छ र शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ८ अंकले पछाडी परेको छ ।
त्यसैगरी वेस्टह्यामले भने महत्वपूर्ण ३ अंक हासिल गर्दै २६ खेलमा ३० अंक बनाएको छ र लिगमा १६औ स्थानमा उक्लिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच