
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ११.६६ अंक बढेर २७५५.४० अंकमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर ११ अर्बभन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार आठ अर्ब ६२ करोडको सेयर कारोबार भएको थियो । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार आइतबार तीन सय २८ कम्पनीका एक लाख आठ हजार नौ सय १३ पटकको कारोबारमा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराबरका दुई करोड १२ लाख छ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै ७० रुपैयाँ ९० पैसा बढेर सात सय ८० रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।
कुमारी सबल योजनाको इकाई मूल्य करिब १० प्रतिशत बढेको छ भने छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य आठ प्रतिशत बढेको छ तर रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक ७.२४ प्रतिशत घटेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे छ प्रतिशतभन्दा बढी र पिपुल्स हाइड्रोपावरको सेयरमूल्य छ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको ९५ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सिटिजन लाइफको करिब साढे ६१ करोड, नेपाल पुनर्बीमा कम्पनीको ६० करोडभन्दा बढीको सेयर कारोबार भएको छ । १३ समूहमध्ये सात समूहको परिसूचक बढेको छ भने छ समूहको परिसूचक घटेको छ । अन्य समूहको परिसूचक सर्वाधिक ३.७२ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.७८ प्रतिशत बढेको छ भने लगानी समूहको परिसूचक १.३३ प्रतिशत बढेको छ तर व्यापार समूह सर्वाधिक १.३२ प्रतिशतले घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच