झापा । नेकपा माओवादी केन्द्रले अहिले केहीबेर पछि मुलुककै होचो भू-भाग झापाको केचनाबाट हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान सुरु गर्दैछ । जनतासँग माओवादी : तराई-मधेस जागरण अभियान सुरु गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार अपरान्ह झापा आइसक्नु भएको छ ।
अहिले केहीबेर अघि अध्यक्ष दाहालले भद्रपुर नगरपालिका-२ को सगरमाथाचोकबाट ऐतिहासिक तथा पुरातात्विकस्थल किच्चकबधसम्म पैदल यात्रा गरेको पार्टीका केन्द्रीय सदस्य रञ्जित तामाङले बताउनुभयो ।
कन्चनपुर पुगेर समापन हुने कार्यक्रमको उद्घाटन गर्न अध्यक्ष दाहाल केचना जानु हुँदैछ । सोही ठाउँबाट नेपाली कांग्रेसले कोशी प्रदेश समितिले पुस २४ गते ६ महिने कचनकवल-सगरमाथा जागरण अभियान सुरु गरेको थियो । माओवादीले पनि तराई मधेस जागरण अभियान शुभारम्भका लागि सोही स्थान रोजेको हो ।
अभियानको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत माओवादीका केन्द्रिय नेताहरू तीन दिन अघिदेखि नै झापा आइरहेका छन् । अन्य नेताहरू आउने क्रम जारी छ । यद्यपि, यी कुनै पनि कार्यक्रम झापा १ का पूर्वसांसद तथा पार्टी पंक्तिमा बौद्धिक छवि बनाउनु भएको नेता राम कार्की सहभागी बनेको देखिएको छैन ।
प्रदेश, जिल्ला नेता सहभागी हुने कार्यक्रममा सर्वसाधारणको उपस्थिति बाक्लो बनाउन माओवादी झापा प्रचारात्मक कार्यक्रमका साथ गाउँ केन्द्रित भएको छ । कार्यक्रम कचनकवलस्थित केचना स्तम्भमा झण्डोत्तोलन गर्ने गरेर कार्यक्रम सुरु हुने पार्टीका झापा संयोजक राजु आचार्यले बताउनुभयो ।
त्यस लगत्तै अध्यक्ष दाहालले राजवंशी समाज विकास समितिको भवनमा सहिद परिवारहरूसँग भेटघाट र सम्मान गर्ने र मध्याह्न बनियानीमा हुक्काहुक्कीचोकमा विरोधसभाका कार्यक्रम छ । अध्यक्ष दाहालले दिउँसो बाह्रदशी गाउँपालिकाको राजगढ बजार र लगत्तै झापा गाउँपालिकाको झापा बजारमा आयोजितसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी झापाले जनाएको छ ।
सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति गरेर छाड्ने प्रतिबद्धताका साथ देशका विभिन्न ठाउँमा खबरदारी नाम दिएर सभा गर्दै आएको छ । यही क्रममा माओवादी पुस १५ गते गौरीगञ्ज र फागुन ३ गते दमकमा त्यस्ता सभा गरिसकेको छ ।
त्यसअघि बिर्तामोड पनि माओवादीले त्यस्तै प्रकृतिको कार्यक्रम गरेको थियो । ती सबै कार्यक्रममा अध्यक्ष दाहालले सम्बोधन गरेका छन् । योसँगै अध्यक्ष दाहालको झापा आउने क्रम बाक्लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच