
हेटौंडा । हेटौंडामा गोली लोड भएको अत्याधुनिक अटोमेटिक पेस्तोल सहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार साँझ हेटौंडा १५ रातोमाटे प्रहरी चौकी रातोमाटे र अस्थाई प्रहरी पोष्ट हरियालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरबाट चितवन जाँदै गरेको ना ख ८७७३ नम्बरको बसलाई चेकजाँच गर्नेक्रममा १ राउण्ड गोली सहितको नाइन एमएमको अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने थप दुई थान गोली बरामद सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
प्रहरीले भारत बिहार सिहुहर जिल्ला धनहराग्राम बस्ने वर्ष २२ का धिरज कुमार र मोतिहारी जिल्ला बहरी बस्ने दिपक कुमारलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जनाउनु भयाे।
जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले घटना र पक्राउ गरेका व्यक्तिबारे जानकारी गराउनु भएकाे हाे। उक्त विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच