
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भइरहेको र दुर्ई चरणमा काम भइसकेको बताउनुभएको छ । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्ययोजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको उहाँको भनाइ थियो । संसद् भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजनाअनुसारका काम कार्यान्वयनका लागि प्रयास भइरहेको बताउनुभएको हो ।
तर, केही दिनअघि औषधि व्यवसायीको कार्यक्रममा सोही विषयमा विकृतिका उदाहरणसहित मन्त्री पौडेलले बोलेका अभिव्यक्तिमध्ये यसरी सकिँदैन भन्ने क्लिपहरू मात्र सञ्चार माध्यममा भाइरल बनेकामा मन्त्री पौडेलको सचिवालयले पूरा भिडियो हेरेरमात्र धारणा बनाउन आग्रह गरेको छ । मन्त्री पौडेलले बीमामा विकृति देखिएका कारण विनियोजित बजेटले खर्च नधान्ने अवस्था रहेकामा विकृति हटाउँदै नीतिगत सुधार गर्ने काम भइरहेको बताएको सचिवालयले उल्लेख गरेको छ ।
सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै गलत अर्थ लगाउने गरी भिडियो काटेर सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएको र सोही आधारमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । मन्त्री पौडेलले अहिलेकै स्थितिबाट यो चल्दैन, त्यसैले अब यो हटाउने भन्ने नभई व्यवस्थित गर्न खोजिएको हो, यसलाई व्यवस्थित गर्न दुर्ई चरणको काम गरिसक्यौं भन्नुभएको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच