
काठमाडौं । टेक्नोले स्मार्टफोनमा डिपसिक एलएलएम समावेश गरी एआई प्रविधिमा नयाँ स्तर कायम गरेको छ । नवीनतम प्रविधिले टेक्नो फोनलाई अझ बुद्धिमान, द्रुत र प्रभावकारी बनाउने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार डिपसिक एलएलएम प्रविधिले भ्वाइस कमाण्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवाद र अन्य उपयोगी एआई टुल्सलाई अझ सहज र उन्नत बनाएको छ । प्रयोगकर्ताले आफ्नो दैनिक कार्य छिटो र सरलरूपमा गर्न सक्नेछन्, जसले विद्यार्थी, व्यवसायी तथा प्रविधिप्रेमीलाई थप सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।
नेपालमा किफायती मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउँदै आएको टेक्नोले ठूला डिस्प्ले, शक्तिशाली क्यामेरा र लामो ब्याट्री लाइफ जस्ता सुविधामा लोकप्रियता बढाउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच