म्याग्दीमा भ्यान दुर्घटना : एकको मृत्यु,तीन घाइते

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३, सुकेबगरबाट नारच्याङ मन्दिरमा जाँदै गरेको बा ६ च ४६४४ नम्बरको इको भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

आज (बुधबार) बिहान अन्नपूर्ण-४ नारच्याङको मन्दिरमा पूजा गर्न र मन्दिर नजिकै आजदेखि सुरु भएको तरुण कप भलिबल प्रतियोगिता हेर्न जाँदै गरेकी अन्नपूर्ण-४ घरापकी सुनदेवी गौचन (सरिता गौचन) को घटनास्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रहरी सहायक निरिक्षक रमेशप्रसद अधिकारीले जानकारी दिनुभएको छ ।

भ्यान मृतक गौचनले नै चलाउनुभएको प्रसनी अधिकारीले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा अन्नपूर्ण-४ घरापकी नौमति चोचाङ्घी, बिष्णु बुढाथोकी र रुपा पुन घाइते हुनुभएको छ ।

भ्यान कालिगण्डकी नदीमा खसेको छ । घाइतेको भुरुङ तातोपानी चौकीमा उपचारपछि थप उपचारका लागि पोखरा लगिएको छ ।

दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट समेत टोली खटिएको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । यसैबिच सवारी दुर्घटना भएपछि नेपाल तरुण दल म्याग्दीले आयोजना गरेको भलिबल प्रतियोगिता समेत स्थगित भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?