
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा जी-रामायण होटल सञ्चालनमा आएको छ । पाहुनालाई शाही स्वागत (रोयल थिम) प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा आएको होटलमा हाल ४० कोठा पूर्ण सञ्चालनमा आइसकेका छन् । होटल पूर्ण सञ्चालनपछि ५५ कोठा हुने होटलले जनाएको छ ।
सञ्चालनमा आएका ४० वटै कोठा फरक शैलीमा निर्माण भएको होटलका अध्यक्ष डा. उमेश गुप्ताले बताउनुभयो । दुई दशक बढी ट्राभल क्षेत्रमा अनुभव हासिल गर्नुभएका गुप्ताले संसारका विभिन्न मुलुकको भ्रमणपछि नेपालमा मौलिक र विलासी सुविधासहित होटल खोल्ने लक्ष्यअनुसार जी-रामायण सञ्चालनमा ल्याइएको जानकारी गराउनुभयो ।
नेपालका अन्य होटलमा आएका पर्यटकको पृथक् स्वाद र सम्मानका लागि जी-रामायण होटल सञ्चालनमा ल्याएको उहाँको भनाइ थियो । होटलको कोठाअनुसार प्रतिरात १० हजार रुपैयाँदेखि ४० हजारसम्म शुल्क निर्धारण गरिएको छ । लण्डन स्विट, रोयल राजस्थान स्विट र टर्किस स्विटका रुमहरू रहेको होटल नेपालका लागि पृथक् अनुभव हुने दाबी गरिएको छ ।
साततले होटलमा अन्तर्राष्ट्रियस्तरको ज्याकुजी, केरला थेरापी स्पा, जिम, साउना, स्विमिङ पुललगायत सुविधा रहेका छन् । होटलमा तीन सयजनाका लागि बैंक्वेट सुविधा रहेका छन् । रेष्टुरेन्टलगायतका अन्य सबै सुविधा रहेको होटलमा अध्यक्ष गुप्तासहित साजन शाक्य, नाफिसा खातुनको लगानी रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच