
म्युनिख । म्यानचेस्टर सिटीले एफए कपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । निको ओ’राइलीको दुई गोलको मद्दतले प्लेमाउथ अर्गाइललाई ३-१ ले हराउँदै सिटीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । ३८औँ मिनेटमा प्लेमाउथका माक्सिम तालोभिएरोभले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउनुभएको थियो ।
तर, पहिलो हाफकै अन्त्यतिर केभिन डे ब्रुयनको पासमा ओ’राइलीले हेडरमार्फत् बराबरी गोल फर्काउनुभयो । ७५औँ मिनेटमा उहाँले अर्को हेडरमार्फत् गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । ९०औँ मिनेटमा डे ब्रुयनले एर्लिंङ हालाण्डको पासमा तेस्रो गोल थप्दै सिटीलाई सहज जित दिलाउनुभयो । यो सिजनमा प्रिमियर लिगमा लिभरपुलभन्दा २० अंकले पछि परेको सिटीका लागि एफए कप नै एकमात्र सम्भावित उपाधि रहने देखिन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच