
काठमाडौं । रामचन्द्र दाहालद्वारा लिखित उपन्यास ‘अवसाद’को लोकार्पण गरिएको छ । सुरभि साहित्य प्रतिष्ठानको १७०औं कार्यक्रममा हास्यव्यंग्यकार नगेन्द्रराज पौडेल प्रमुख अतिथ्यितामा उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा सुरभिका संरक्षक युवराज मैनाली, समीक्षक गोपीकृष्ण मैनाली, रामबहादुर पहाडी, घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठ, साहित्यकार विपिन देव र अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा ‘अवसाद’ उपन्यासको कथा वाचन गरिएको थियो । कार्यक्रममा समीक्षक गोपीकृष्ण मैनालीले उपन्यासको समीक्षा प्रस्तुत गर्नुभएको थियो भने अन्य वक्ताहरूले लेखक दाहाललाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा लेखक दाहालले पुस्तक लेखनका क्रममा आइपरेका विविध अनुभव सुनाउनुभएको थियो । बाजुराम पौडेलको सभापतित्वमा भएको कार्यक्रममा सुशील आचार्य, रञ्जना पराजुली लम्साल, गीता बराल, सरिता दुलाल घिमिरे, मधुसूदनप्रसाद घिमिरे, आलोक चालिसे र अच्युत चालिसेले कथा एवं लघुकथा वाचन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच