
एजेन्सी । इन्टर मियामीले सोमबार मेजर लिग सकर (एमएलएस) मा हृयुस्टन डायनामोलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्यो । जितसँगै दुई खेलमा चार अंक जोडेको मियामी इस्टर्न रिजनको तेस्रो स्थानमा छ । दुवै खेलमा हार बेहोरेको डायनामो वेस्टर्न रिजनको पुछारमा छ ।
शिल इनर्जी रंगशालामा पाहुना टोली मियामीलाई जित दिलाउन टेलेस्को सेगोभियाले दुई तथा टाडियो एलेन्डे र लुइस सुआरेजले समान एक गोल गर्नुभयो । सेगोभियाले खेलमा दुई गोल र एक असिस्ट गर्नुभयो भने सुआरेजले एक गोलका साथै तीन असिस्ट प्रदान गर्नुभयो । डायनामोका लागि निकोलस लोडेइरोले गोल गर्नुभयो । खेलको छैटौं मिनेटमा सोगोभियाको गोलमार्फत् मियामीले अग्रता लिएको थियो । ३७औँ मिनेटमा एलेन्डेले टोलीको अग्रता दोब्बर बनाउनुभयो ।
पहिलो हाफको इन्जुरी समयमा सोगोभियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्नुभयोे । ७९औँ मिनेटमा सुआरेजले गोल गर्दा मियामी ४-० ले अगाडि बढ्यो । लोइरोले ८५औँ मिनेटमा गरेको गोल डायनामोका लागि सान्त्वना बन्यो । इन्जुरी समयमा इयान फ्रेले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मियामी १० खेलाडीमा समेटिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच