बर्दघाटको खजुरा खोलाबाट ६ वटा ट्याक्टर नियन्त्रणमा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटस्थित खजुरा खोलाबाट अवैध रूपमा नदिजन्य पदार्थ चोरी निकासी गरिरहेको अवस्थामा नगर प्रहरीले ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

नगर प्रहरी प्रमुख पिताम्बर सापकोटाकाअनुसार ती ट्याक्टरहरूलाई बर्दघाटको चौपत्ताबाट नियन्त्रणमा लिइएको हो । बुधबार र बिहीबार गरी दुई दिनको अवधिमा बालुवा लोड गरिरहेका ६ वटा ट्याक्टर नियन्त्रणमा लिइएको बताइएको छ ।

नगरपालिकाले केही दिनअघि मात्रै अवैध रूपमा संकलन गरिएको नदिजन्य पदार्थको डम्पिङ जफत गरेको थियो । तर, पछिल्लो समय चोरी निकासी व्यापक रूपमा बढ्दा खजुरा खोलाबाट नदिजन्य सामग्री सकिने अवस्थामा पुगेको छ ।

नगरपालिकाकाअनुसार प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनअनुसार उक्त क्षेत्र वन क्षेत्रअन्तर्गत परेपछि खोला ठेक्का लगाउन नसकिएको हो। नगर प्रहरीले रातिको समयमा चोरी नियन्त्रण गर्न कठिनाइ हुने र धम्कीसमेत आउने भएकाले थप चुनौती सामना गर्नुपरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?