उपचार सहज गर्न बिरामीका आफन्तको आग्रह

हिमालय टाइम्स
Read Time = 4 mins

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र बिरामीका आफन्तहरुले उपचार सहज रुपमा पाउन नसकेको गुनासो गरेका छन् । ११५औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा यहाँका विभिन्न सामाजिक सङ्घसंस्थाले आयोजना गरेको क्यान्सर प्रभावित बिरामीहरुलाई फलफूल वितरण तथा अन्तरक्रिया कार्यक्रममा बिरामी र उनीहरुका आफन्तले अस्पतालमा उपचार झन्झटिलो भएको गुनासो गरेका हुन् ।

आदर्श नारी विकास केन्द्रको अगुवाइमा आयोजना गरिएको कार्यक्रममा कञ्चनपुरबाट बिरामी माइजूलाई उपचारका लागि ल्याउनुभएकी मनमती भट्ट क्यान्सरको उपचार महँगो भएको र उपचार पनि सहज रुपमा पाउन नसकिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामीलाई अस्पतालले दिने सुविधाका बारेमा जानकारी छैन । उपचार सहज हुनु पर्‍यो ।” अस्पतालमा उपचारका लागि भर्ना गरिएका बिरामीहरुप्रति स्वास्थ्यकर्मीहरुले गर्ने व्यवहार राम्रो बनाउनुपर्ने उहाँको भनाइ थियो ।

सिरहाबाट आएर विगत चार महिनादेखि उपचार गराउँदै आउनुभएकी राजकुमारी सुनुवार ‘किमो’ लगाउने पालो कुरेर बसी राख्नुभएको छ । आइतबार किमो लगाउने पालो भए पनि बिहीबारदेखि नै अस्पतालमा भर्ना भएर बस्नुभएकी सुनुवार किमो नपाएर समस्या भएको गुनासो गर्नुहुन्छ ।

उहाँले थप्नुभयो, “बिमाबाट पाउनुपर्ने औषधि पाउन सकिएको छैन । बाहिर किन्दा महँगो पर्छ ।” रगत पाउन मुस्किल पर्ने गरेको उहाँको भनाइ छ । यस अस्पतालमा नेपालसहित छिमेकी मुलुक भारतबाट समेत उपचारका लागि बिरामीहरु आउने गर्दछन् । विगतमा बिरामीले निकै दुःख पाउने गरेको भए पनि पछिल्ला दिनमा केही सहज बन्दै भने गएको छ । यद्यपि स्रोत, साधन र जनशक्तिको अभावमा बिरामीको अपेक्षाअनुसार चाहेजस्तो सेवा दिन कठिन भएको अस्पतालका उपनिर्देशक डा उमेश नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै सहज बन्दै गएको छ । सेवाग्राहीले अपेक्षा गरेजस्तो बनाउने प्रयासमा छौँ ।”

कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य मायाँ श्रेष्ठ, भरतपुर महानगरपालिका-१० का अध्यक्ष परमेश्वर खनाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू, क्यान्सर बिजेता बन्दना खाँडलगायतले बालबालिका र महिलाहरुको उपचारमा सहजीकरण गर्न आवश्यक रहेको बताउनुभएको थियो । बिरामीलाई सान्त्वना दिन सकेमा उपचारमा सहज हुने उहाँहरुको भनाइ थियो । आदर्श नारी विकास केन्द्रकी अध्यक्ष मीना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालमा भर्ना भएर उपचार गराई रहनुभएका ३०० बढी बिरामीलाई फलफूल वितरण गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?