
काठमाडौं । गत फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो ।
बैठकले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि चैते धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।
बैठकले आगामी चैत्र २६ र २७ मा अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दलाई स्वीकृत प्रदान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकारमा पूर्व कानुनमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेललाई नियुक्त गरिएको छ ।
मन्त्रिपरिषद्ले वन तथा वातावरणमन्त्री ऐनबहादुर ठकुरीलाई आगामी फागुन २९ मा बेलायतको लण्डनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।
हेर्नुहोस् निर्णय
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच