
‘अग्र अनुहार’ नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित भएको पुस्तक हो । यो अग्रज पत्रकारहरूप्रतिको सम्मान हो । यस पुस्तकका सम्पादक बालकृष्ण अधिकारी हुनुहुन्छ । पुस्तक डिएमआई आकारको छ । पहेँलो हलुका कागतको प्रयोग भएको यो पुस्तकको छपाइ स्तरीय छ । यसमा केही अशुद्धि भने पाइन्छन् । भूमिका खण्ड र पाठ्यखण्डसहित यस पुस्तकमा १९२ पृष्ठ छन् । यसको मूल्य व्यक्तिगत रूपमा ३७५ र संस्थागत रूपमा ५५५ रुपैयाँ छ । नित्या प्रिन्टर्स एन्ड सप्लायर्स कम्पनी प्रा.लि.बिजुलीबजार, काठमाडौंमा यो पुस्तक मुद्रण भएको छ ।
२०८० सालमा पहिलो संस्करणका रूपमा आएको यो पुस्तकको डिजाइन प्रवीण बुढाथोकीको रहेछ भने भने भाषा सम्पादन प्रदुम्न खनालको रहेको छ । अग्र अनुहारहरूको स्केच अकृनको रहेको छ भने आवरण बासु क्षितिजको छ । पुस्तकको आवरण आकर्षक र प्रतिकात्मकसमेत छ । नीलो पृष्ठभूमिमा केही अमूर्त सेता मानवाकृतिहरू देखाइएको छ । सम्भवतः ती मानवाकृतिले अग्रज पत्रकारहरूको सम्मान गर्न चाहेको हो भन्न सकिन्छ । यसैगरी एउटा गाढा नीलो बाटो देखाइएको छ र एउटा ठूलो कलमले त्यो बाटो कोरिरहेको छ । पत्रकारहरूको कलमले अरूलाई बाटो देखाइरहेको अर्थ यसले दिन चाहेको हुनसक्छ । माथि ठूला अक्षरमा यस पुस्तकको शीर्षक दिइएको छ ‘अग्र अनुहार’ भनेर र यससँगै साना अक्षरमा ‘कथा अग्रजको गाथा महासंघको’ भनिएको छ ।
यस पुस्तकमा कृष्णप्रसाद भट्टराई, ताताराम शर्मा, फत्तेबहादुर सिंह, पशुपतिदेव पाण्डे, मनिन्द्रराज श्रेष्ठ, गोपालदास श्रेष्ठ, गोकर्णदेव पाण्डे, इन्दुकान्त शर्मा, मञ्जुरत्न शाक्य, निर्मलकुमार अर्याल, मणिराज उपाध्याय, गोविन्द वियोगी होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा.सुरेश आचार्य, तारनाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, शिव गाउँले, डा.महेन्द्र विष्ट, गोविन्द आचार्य र विपुल पोखरेलका बारेमा लेखिएको छ ।
तल पुस्तकका सम्पादक बालकृष्ण अधिकारीको नाम उल्लेख भएको छ । पृष्ठ आवरणमा तेईसजना अग्रज पत्रकारहरूको तस्वीर दिइएको छ भने तल प्रकाशक संस्था नेपाल पत्रकार महासंघको नाम र लोगो दिइएको छ । प्रा.रामकृष्ण रेग्मीको ‘पुस्तक परिचय’ भूमिका खण्डमा रहेको छ र त्यससँगै यस पुस्तकले परिचय दिइएका तेईसजना वरिष्ठ पूर्वपत्रकारहरूको तस्वीर दिइएको छ । त्यसपछि पत्रकार महासंधको अध्यक्ष भइसक्नुभएका उहाँहरूको चिनारी गराउने उद्देश्यका साथ लेखिएको यस पुस्तकका सम्पादक बालकृष्ण अधिकारीको ‘६८ वर्षको यात्रा’ शीर्षककको लामो लेख रहेको छ । यस लेखले नेपाल पत्रकार महासंघको ६८ वर्षको इतिहासलाई विस्तारित रूपमा चित्रण गरेको छ । विभिन्न उपशीर्षकसहितको लेखमा पत्रकारितासँगै राजनीतिक विचार पनि विकसित बन्दै गएको यथार्थ चित्रण भएको छ ।
यसपछि विषयसूची दिइएको छ तर यसलाई ‘विषयसूची’ नभनेर अलिक फरक ढंगलले ‘पुस्तकभित्र’ भनेर ती अग्रज पत्रकारहरूको कार्यकालका आधारमा क्रम मिलाएर तिनको फोटो र पृष्ठसंख्यासमेत दिइएको छ । यस पुस्तकमा कृष्णप्रसाद भट्टराईदेखि विपुल पोखरेलसम्मको परिचय दिइएको छ । उहाँहरूको कार्यकाल, योगदान र पत्रकारिताको विकासका लागि उहाँहरूले गरेका कामको चर्चा गर्दै एक फरक–फरक लेखकले एक–एकजनाको विषयमा लेख्नुभएको छ ।
यहाँ कृष्णप्रसाद भट्टराई, ताताराम शर्मा, फत्तेबहादुर सिंह, पशुपतिदेव पाण्डे, मनिन्द्रराज श्रेष्ठ, गोपालदास श्रेष्ठ, गोकर्णदेव पाण्डे, इन्दुकान्त शर्मा, मञ्जुरत्न शाक्य, निर्मलकुमार अर्याल, मणिराज उपाध्याय, गोविन्द वियोगी होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डा.सुरेश आचार्य, तारनाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, शिव गाउँले, डा.महेन्द्र विष्ट, गोविन्द आचार्य र विपुल पोखरेलका बारेमा लेखिएको छ । यी तेईसजना व्यक्तिहरू नेपाल पत्रकार महासंघको सभापति भइसक्नु भएको छ ।
उहाँहरूका बारेमा लेख्ने लेखकहरूमा बालकृष्ण अधिककारी, यम विरही, चेतन पाण्डे, पोषनाथ अधिकारी, भाषा शर्मा, शेखर अधिकारी, विष्णुप्रसाद नेपाल, रुक्मिणी पोखरेल, शिवहरि घिमिरे, केशवप्रसाद बोहोरा, सुभाषप्रसाद साह, शिवराज रेग्मी, अशोक घिमिरे, अनिताकुमारी घिमिरे, नरेन्द्र मानन्धर, वीरेन्द्र ओली र देवेन्द्र बस्नेत हुनुहुन्छ । उहाँहरूको छोटो परिचय पनि पुस्तकको अन्तिममा दिइएको छ ।
यसअघि प्रतिष्ठान प्रदेश समितिका बारेमा जानकारी गराइएको छ भने अन्तिममा हार्दिक आधार भनिएको छ । यो आभार पुस्तकमा समेटिनुभएका अग्र अनुहारहरूका सम्बन्धमा जानकारी उपलब्ध गराउने व्यक्तिहरू, प्रदेश अध्यक्षहरू र शाखा अध्यक्षहरूप्रति आभार व्यक्त गरिएको छ । यसरी अग्रजहरूलाई सम्झिने काम गरेकोमा यसका लेखक सम्पादक तथा प्रकाशक सबै धन्यवादका पात्र बन्नपुग्नुभएको छ । यस्ता सद्कार्य आगामी दिनमा पनि भइरहून् भन्ने हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच