
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति तय भएको छ । पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको मञ्चको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २० वैशाख २०८२ मा नवौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड कार्यक्रम गर्ने निर्णय भएको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) ले जानकारी दिनुभयो । विसं २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोट्र्स अवार्ड हुँदै आएको छ ।
अवार्ड कार्यक्रममार्फत् वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने अध्यक्ष घर्तीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच