
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आइतबार अपराह्न ३ बजे बस्दैछ।
हुलाकी राजमार्गकेन्द्रित जनतासँग माओवादी विशेष अभियान चलाइरहेको माओवादीले अभियान स्थगित गरेर पदाधिकारी बैठक गर्न लागेको हो।
बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो ।
आज आइतबार काठमाडौंमा राजावादीहरूले पूर्वराजाप्रतिको जनभाव कस्तो छ भन्ने जाँच्नका लागि ज्ञानेन्द्र शाहको स्वागतको नाममा शक्ति प्रदर्शन गर्दैछन् ।
पोखराबाट काठमाडौं आउन लागेका शाहलाई त्रिभुवन विमानस्थल बाहिर स्वागत गर्ने उनीहरूको तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच