
काठमाडौं । पूर्वराजाको स्वागतमा देखिएकाे एउटा तस्वीरलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमालले व्यङ्ग्य गर्नुभएको छ ।
राजा र राष्ट्रियताको नाममा अभियान चलाउँदै आइतबार विमानस्थलतर्फ गएका राजावादी समर्थकले भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको तस्वीर बोकेका थिए ।
उक्त तस्वीर सामाजिक सञ्जालमा शेयर गदै रिमालले लेख्नुभएको छ– राष्ट्रवादी महोदयहरूले ऱ्यालीमा प्रयोग गरेका यी २ फोटाहरू......
भारतका नेताको तस्वीर राखेर नेपालमा राष्ट्रवादी अभियान चलाएको भन्दै यतिबेला सामाजिक सन्जालमा प्रतिक्रिया व्याप्त भएका छन् ।
ब्यानरमा हिन्दूवादी प्रदीपविक्रम राणाको नाम लेखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच